Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बारामा कार्यकर्ताबाट लखेटिए रास्वपा सांसद

बारामा कार्यकर्ताबाट लखेटिए रास्वपा सांसद

images
  • बारामा कार्यकर्ताबाट लखेटिए रास्वपा सांसद
    images
    images

    बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्लाको बैठकमा विवाद भएको छ ।

    images
    images
    images

    शनिबार बसेको विस्तारित बैठकमा हङ्गामा भएपछि जिल्लाका सांसदहरु बैठकबाट भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो । बैठक शुरु हुनासाथ कार्यकर्ताहरुले होहल्ला र विरोध गरेका थिए ।

    images
    images
    images

    विस्तारित बैठकमा विवाद चर्किँदा चार सांसद बैठकस्थलबाटै लखेटिएका छन् । रास्वपाले हालै जिल्ला समिति बिघटन गरेपछि जिल्लामा विवाद बढेको छ । बैठकमा भएको हङ्गामापछि जिल्लाका सांसदहरु गणेश धिमाल, चन्दन कुमार सिंह, अरविन्द शाह र रहवर अन्सारीलाई सुरक्षाकर्मीहरुले सुरक्षित निकालेका थिए । 

    images
    images
    images

    जिल्लामा संस्थापकहरूमाथि धोका भएको भन्दै पार्टी स्थापनादेखि रगत पसिना बगाएका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षका जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठनबाटै पाखा लगाएर आफ्ना मान्छे ल्याउन खोजेको भन्दै जिल्लामा विरोध भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # बारा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।