सुरज श्रेष्ठ, बारा । बारामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वाडा नम्बर २ अवधापुर निवासी ४५ वर्षिय रामदेव पटेल रहेको सब डिभीजन बन कार्यालय कलैयाले जनाएको छ ।
खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हातीले आक्रमण गरि गम्भीर घाइते बनाएको थियो । गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology