Logo

२०८३, श्रावण २७गते


images
images

रामग्राम विकासको दुरगामी योजना शुरुवात : प्रधानमन्त्री प्रचण्डद्धारा विश्वशान्तिको आह्वान

रामग्राम विकासको दुरगामी योजना शुरुवात : प्रधानमन्त्री प्रचण्डद्धारा विश्वशान्तिको आह्वान

images
  • रामग्राम विकासको दुरगामी योजना शुरुवात : प्रधानमन्त्री प्रचण्डद्धारा विश्वशान्तिको आह्वान
    images
    images

    लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतबुद्धको अस्तुधातु रहेको रामग्रामबाट विश्व शान्तिका लागि बुद्धको उपदेशको आवश्यकता रहेको बताएका छन् । लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजनामा मंगलबार रामग्राममा आयोजित विश्वशान्तिका लागि दीप प्रज्वलन र रामग्राम क्षेत्रको विकासको दुरगामि योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान समयमा बुद्धका उपदेशहरुको आवश्यकता बढ्दै गएको बताएका हुन । उनले विश्वका शान्तिका पक्षधरहरुले गौतबुद्धको शिक्षा र उपदेशलाई आत्मसाथ गर्नुपर्ने बताए । 

    images
    images
    images

    ‘मानव जाती रहेसम्म बुद्धको दर्शन र उपदेशको औचित्य र आवश्यकता रहन्छ’ उनले भने ‘म रामग्रामको पवित्रभूमिबाट शान्तिका लागि बिशेष अपिल गर्छु ।’

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले युद्धबाट शान्तिको सन्देशलाई विश्वव्यापी बनाउने सन्दर्भमा सम्राट अशोकसँग आफ्नो भावना र समवेदना जोडिएको बताए । उनले गौतमबुद्धका शिक्षा र उपदेशलाई महत्वलाई स्थापित गर्न सम्राट अशोकले खलेको भूमिका निकै उच्च रहेको बताए । ‘युद्धका कमाण्डर, साम्राज्य स्थापित गर्ने सम्राटले युद्धबाट शान्ति खोज्दै बुद्धजन्मथल लुम्बिनीमा अशोक स्तम्भ स्थापना गरेर बुद्धको शिक्षा विश्वभर फेरी एकचोटी नयाँ शिराबाट संसारमा लैजाने  जमर्कोबाट प्ररेणा प्राप्त भएको हो’ प्रधानमन्त्री दाहालले भने  । उनले पहिले र अहिले पनि आफुले शान्तिका लागि गरेको अपिलसँग आफ्नो भावना सम्राट अशोका मिलेको बताए । ‘मानिसहरुले विभिन्न अर्थ लगाउन सक्छन् तर रामग्राम स्तुपको अगाडि उभिएर देशबाहिर र भित्रपनि बुद्धको उपदेशलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने दृढता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

    images
    images
    images

    उनले त्यति ठूलो युद्धबाट आएको व्यक्तिले शान्ति कायम गर्न सक्दा आफू सानो युद्धबाट आएको व्यक्ति भएकाले शान्ति स्थापना गर्न कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेससँगै लुम्बिनीबाट गरेको विश्वशान्तिको अपिल व्यवहारिक बनेको समेत बताए । ‘लुम्बिनी भ्रमणका बेला महासचिवसँगै गरेको विश्व शान्तिको अपिल यूएईमा भएको कोपमा गएर ठोस परिणाममा रुपान्तरण भएको छ’ उनले भने ।  

    प्रधानमन्त्री प्रचण्डले रामग्राम बुद्धको एक मात्र अस्तुधातु रहेको स्थलका रुपमा परिचित रहेको बताउँदै यस स्थले विश्वशान्ति र धार्मिक साँस्कृतिक विकासका लागि भूमिका खेल्ने बताए । प्रधानमन्त्री दाहालले रामग्राम स्तुपमा मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्वशान्तिका लागि दीप प्रज्ववलन गरेका थिए । ‘रामग्राम स्तुप अगाडि उभिएर विश्वशान्तिका लागि दीप प्रज्ववन गर्न पाए,यसले रामग्रामको ऐतिहासिक महत्व विश्वमाझ गएको छ’ उनले भने ।

    प्रधानमन्त्री दाहाले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा बृहत्तर लुम्बिनी क्षेत्र विकास योजना बनाएर लुम्बिनी, रामग्राम र तिलौराकोटलाई जोडेर विश्व शान्ति नगर बनाउने योजना बनाएको स्मरण गरे । उनले आफूले त्तकालिन यूएनका महासचिव वानकीमुनसँग बृहत्तर लुम्बिनीको विकासका लागि प्रतिबद्धता आएको बताउँदै हालै महासचिव गुटरेसको भ्रमणले नयाँ इटटा थप्ने काम गरेको बताए । त्यस्तै उनले जलावयू परिवर्तने पारेको प्रभाव हेर्दा हिमाल र पहाडको संरक्षणका लागि विश्वको ध्यान तान्न सकेको बताए ।

    कार्यक्रममा सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुँदन किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बुद्धका उपदेशलाई विश्वव्यापी बनाउने सम्राट अशोकसँग तुलना गर्दै युद्धबाट शान्तिमा आएको बताए । उनले युद्धबाट शान्ति र शान्तिबाट समृद्धिको नेतृत्वमा प्रधानमन्त्री लागेको बताए । उनले रामग्राम सहित लुम्बिनी क्षेत्रको विकासमा समेत प्रधानमन्त्रीको नेतृत्व रहने विश्वास व्यक्त गरे । उनले बुद्धजन्मस्थल लुम्बिनी र अस्तुधातु रहेको एक मात्र ठाउँ रामग्राम नेपालमै रहेको स्मरण गर्दै यसको विकास आवश्यक रहेको बताए । उनले रामग्राम स्तुपलाई १५ सय बर्षअघिको अवस्थाका झल्को दिनेखालका गतिविधि गर्न सकेमा धार्मिक पर्यटकहरुलाई आर्कषित गर्न सकिने बताए । लुम्बिनी क्षेत्रमा सम्पदा गाउँ निर्माण गर्ने योजना बनाउने सोँच रहेको बताए । बुद्ध सर्किटलाई केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरेको बताउँदै त्यसलाई राम्रोसँग चल्न नसकेको स्विकार गरे ।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धको महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा रहेको स्तुपा रहेकाले यसको महत्व अतुलनीय रहेको बताए । उनले रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल रहेकाले यसको बृहत्तर विकासका लागि कोषका तर्फबाट पहल भइरहेको बताए । उनले रामग्राम स्तुपबाट विश्वभरका मानवजाती र प्राणीजगतको कल्याणको कामना सहित विश्वशान्तिका लागि लीप प्रज्वलन समेत गरिएको बताए । उनले अहिले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण गरी यहाँ पूर्वाधार विकास गर्ने योजनाका साथ दुरदर्शी योजनाको शुभारम्भ गरिएकाले सबैलाई सहयोगका लागि अपिल गरे ।

    कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानिय तह संग सहकार्य गरी गुरुयोजनाको काम पुरा गर्नुपर्नेमा जोड दिदै संघिय सरकारसंग प्रर्याप्त बजेट विनियोजनाको माग गरे । रामग्राम स्तुप संगै वुद्धस्थललाई समेटेर वुद्ध सर्किटको निर्माण गर्नका लागि प्रधानमन्त्रीको ध्यानआर्कषण गराए । कार्यक्रममा भारतिय सत्तारुढ दल भाजपाका सांसद राम माधवले नेपाल भुगोलमा सानो भएपनि  एतिहासिक तथा पुरातात्विक स्थलका हिसाबले ठुलो मुलुक रहेको बताए ।  नेपाल भारत बिचका वुद्धकालिन स्थलहरु बिच सम्बन्ध स्थापित गरी पर्यटनको माध्यमबाट सम्वृद्धि हासिल गर्नुपर्नेमा उनले बताए ।

    आरक्टिेक्ट स्टेफानो रोयले रामग्राम स्तुपको गुरुयोजनाको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा  पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्य बालकृष्ण, विदेशी स्टेफाना, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा रामग्राम विकासको गुरुयोजना प्रस्तुत गरिएको थियो । लुम्बिनी विकास कोषले ‘ द प्रमिश ल्याण्ड’नामक सस्था संस्था सहकार्य गरी उक्त परियोजना अगाडी बढाउने तयारी गरेको छ । कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नगर प्रमुख लगायत जनप्रतिनिधि र स्थानियहरुको सहभागिता थियो । रामग्राम स्तुप शान्तीका अग्रदुत गौतम वुद्धको एक मात्र सिंगो अस्तु रहेको स्थल हो । केहि दिन अगाडी मात्रै सो क्षेत्रमा पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा विभिन्न वुद्धकालिन संरचना जमिनमुनि फेला परेको थियो । सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र ७ हजार दीप प्रज्जवलन गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।