Logo

२०८३, कार्तिक २६गते


images
images

देवदहमा नौलो अभ्यास: १० बज्नुअघि नगरपालिका प्राङ्गणमा कर्मचारीले 'प्रार्थना' गर्नुपर्ने

देवदहमा नौलो अभ्यास: १० बज्नुअघि नगरपालिका प्राङ्गणमा कर्मचारीले 'प्रार्थना' गर्नुपर्ने

images
  • देवदहमा नौलो अभ्यास: १० बज्नुअघि नगरपालिका प्राङ्गणमा कर्मचारीले 'प्रार्थना' गर्नुपर्ने
    images

    राहुल देव सापकोटा, देवदह । नगरपालिकाले दिएका सवारी साधन घरमै थन्काएर पेट्रोल र मर्मत खर्च झ्वाम पार्दै आएका देवदह नगरपालिकाका 'ठुला' कर्मचारीहरूको अर्को विशेषता हो, समयमै कार्यालय नपुग्ने र सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने । कर्मचारीको यहि व्यवहारले आजित भएका जनप्रतिनिधि र नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले अन्ततः कर्मचारीलाई अनुशासित र नियमित गर्न गज्जबको आईडिया निकालेका छन ।

    images
    images
    images

    जसअनुसार अब कर्मचारीहरू १० बज्नु अघिनै कार्यालय पुग्नुपर्ने छ र त्यहाँ विद्यालयमा विद्यार्थीले प्रार्थना गरेझैं कर्मचारीहरूले पनि राष्ट्रियगान सहित प्रार्थना गर्नुपर्नेछ ।

    images
    images
    images

    बुधबार नगरपालिका प्राङ्गणमा गज्जबको दृश्य देखियो जहाँ नगरपालिकाका सबै कर्मचारी र स्वयं नगरप्रमुख समेत राष्ट्रिय झन्डा अगाडि राखेर नगरपालिकाको भवन प्रवेशद्वारमा राष्ट्रियगान गाएर मात्रै भवनभित्र प्रवेश गरि आ-आफ्नो कार्यकक्षतिर लागे ।

    images
    images

    देवदहमा यसअघि यसप्रकारको अभ्यास थिएन । यद्यपि अन्य केही पालिकाले भने यो कार्यलाई पहिलेनै अवलम्बन गरिसकेका छन । 

    IMG-20220817-WA0001.jpgदेवदह नगरपालिकामा भर्खरैमात्रै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलसंग यस विषयमा कुरा गर्दा उनले यो अभ्यासले कुनै पनि कर्मचारीलाइ समयमै आउनु भनेर भन्नू नपर्ने र कर्मचारीको अनुशासन पनि झल्किने बताए । 

    आफू बुटवल उपमहानगरपालिकामा कार्यक्रममा जादा सो अभ्यास देखेको र पछि तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुदाँ त्यहाँ समेत यो अभ्यास गरिएको उल्लेख गर्दै पौडेलले अनिवार्य रुपमा सरकारी पोषाकमा आउनु पर्ने र राष्ट्रिय गानमा सरिक हुनु पर्ने कुराले राष्ट्रसेवक कर्मचारीको राष्ट्रप्रती सम्मान रहेको देखिने बताए । 

    सेतोमसीसंग कुरा गर्दै उनले भने, "यदि पोसाक बिना आएमा लाइनमा बस्न स्वयम् कर्मचारी लज्जित हुनुपर्ने अवस्था सृजना हुँदा सबै कर्मचारी पोसाकमा उपस्थित भएर बिहान दश बजे राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी कार्यकक्षमा प्रवेश निर्देशन दिएको छु।" 

    यसै विषयमा कुरा गर्दै देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले राष्ट्र सेवक कर्मचारी आफ्नो पोसाकमा यसरी राष्ट्रिय गान सहित कार्यकक्षमा प्रवेश गर्दा कर्मचारी बिच एकरुपता हुने र अनुशासन पनि झल्किने बताए । यो अभ्यास नगरपालिकामा अब सधैका लागि भैरहने जानकारी गराउदै उनले अन्य नौलो अभ्यास पनि आगामी दिनमा देवदह नगरपालिकामा हुने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।