बुटवल । महामारी विरुद्ध लड्न सर्वदलिय संयन्त्र बनाउन रुपन्देहीका १० दलहरुले आग्रह गरेका छन । बुधबार संयुक्त बक्तब्य जारी गर्दै रुपन्देहीमा कृयाशिल १० दलहरूले उक्त अनुरोध गरेका हुन् ।
काठमाडौपछि कोरोनाको प्रभाव सबैभन्दा बढी रुपन्देही रहेको देखिएको बताउँदै अहिलेसम्मको अवस्था लुम्बिनी प्रदेश भरी १८ हजार बढी सङ्क्रमित छन रहेको र २ सय ७४ जनाको मृत्यु भएको छ बक्तब्यमा जनाइएको छ ।
महामारीका कारण अस्पतालमा बेड नपाएर, अक्सिजन नभएर र उपचार नभएर छट्पटीमा परि मृत्यु नागरिकको मृत्यु भएको उल्लेख गर्दै अस्पतालमा स्वास्थकर्मीको अभाव, आइसियू तथा भेन्टिलेटरको कमि, कोभिड खोप तथा औषधिको कमि, पिसिआर परिक्षण कछुवा गतिमा हुनु , भारतको खुल्ला नाका बाट आउने नेपालीको व्यवस्थापन नहुनु, आदि समस्याले महामारी आम समुदायमा फैलिएको दलहरूले बताएका छन ।
बक्तब्यमा माओवादी केन्द्रका बामदेव छेत्री, नेपाली काङ्ग्रेसका अब्दुल रजाक, ने. क. पा (एमाले) का राजु गुरुङ, जनता समाजवादि पार्टीका देबेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका बद्रे आलम, ने. क. पा (क्रान्तिकारी माओवादी) का प्रेम सुवेदी, ने क पा ( माओवादी केन्द्र ) विनोद उपाध्याय, ने. क. पा का विश्वास भट्टराई, ने. क. पा माले र विवेकशील पार्टीका नेताहरूको नाम समाबेश छ ।
यस विषयमा थप प्रष्ट हुन सेतोमसी सहकर्मीले नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीसंग बुझ्दा नेता क्षेत्रीले १० दलको भर्चुअल मिटिङ्गबाट यस्तो निर्णय भएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology