Logo

२०८३, श्रावण २७गते


images
images

अखिल क्रान्तिकारी रुपन्देहीको २५औं जिल्ला सम्मेलन सम्पन्न

अखिल क्रान्तिकारी रुपन्देहीको २५औं जिल्ला सम्मेलन सम्पन्न

images
  • अखिल क्रान्तिकारी रुपन्देहीको २५औं जिल्ला सम्मेलन सम्पन्न
    images
    images

    बुटवल । विप्लब नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २५औं जिल्ला सम्मेलन सम्पन्न भएको छ। मंगलबार रुपन्देहीको सैनामैनास्थित मुर्गियामा सम्पन्न सम्मेलनले जिल्लाको नयाँ कार्य समिति निर्वाचित गरेको छ।  

    images
    images
    images

    सम्मेलनबाट पदम सी को अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । निर्वाचित उपाध्यक्षमा नयन सी, सचिव प्रसुन सी, सहसचिव माधव सी र कोषाध्यक्षमा प्रति सी रहेका छन् । 

    images
    images
    images

    सम्मेलनमा बोल्दै  पार्टीका पोलिटब्युरो सदस्य कृति सीले वैज्ञानिक समाजवादी प्रणाली लागु नहुँदासम्म विद्यार्थीहरुको हकअधिकार सुनिश्चित नहुने भन्दै समाजवादी शिक्षा प्रणाली लागु गर्नका लागी विद्यार्थीहरुले संघर्ष गर्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण वा विसंगति विरुद्ध अखिल क्रान्तिकारीले संघर्षको अग्रमोर्चाको नेतृत्व गर्नुपर्ने बताउदै यसका लागी पार्टीले सदैव साथदिने प्रतिबद्दता व्यक्त गरे । 

    images
    images
    images

    अर्का पोलिटब्युरो सदस्य प्रज्वलन सीले अखिल क्रान्तिकारी सडक बाघको रुपमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको इतिहास भएको बताउदै शैक्षिक क्षेत्रमा भएका बेथिति हटाउन विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सीले शैक्षिक क्षेत्रमा देखिएको खराब प्रवृत्तिका विरुद्ध संगठनले संघर्षको नेतृत्व गरेको भन्दै विभिन्न कारणले संगठनबाट पलायन भएका कमरेडहरु संगठनमा फर्किनुपर्ने र नयाँ उर्जाशील युवा विद्यार्थीहरु संगठनको मूलधारमा संगठित हुन अपिल गरे । उनले शैक्षिक माफिया र दलालहरु विरुद्ध सम्झौताहिन संघर्ष गर्ने बताउदै राजनीतिक तथा संगठनात्मक अराजकताविरुद्ध समेत संगठनले निर्मम संघर्ष गर्ने बताए । 

    सम्मेलनमा संगठनका लुम्बिनी प्रदेश संयोजक विज्ञान सी, युवा संगठन नेपाल रुपन्देही अध्यक्ष भक्त सी, बुद्धिजीवी संगठनका खगुपति सीले शुभकामना दिएका थिए । संगठनका महासचिव ललित सीले प्यानल प्रस्तुत गरेका थिए भने नवनिर्वाचित जिल्ला समितिलाई नेकपा जिल्ला सदस्य विरेन्द्र सी र संगठनका पूर्व जिल्ला अध्यक्ष पदम सीले बधाई ज्ञापन गरेका थिए । सम्मेलनमा संग्रामी सांस्कृतिक परिवारका कलाकार रेश्मी सीले गीत प्रस्तुत गरेकी थिइन् ।

    जात व्यवस्था अन्त्यको लागि अभियान स्वरूप पछिल्ला दिनमा विप्लब नेतृत्वको नेकपाले पार्टी तथा जनबर्गिय संगठनका नेता कार्यकर्ताको नामको पछाडी(थरको ठाउँमा)  'सी' लेख्ने गरेको छ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।