Logo

२०८३, श्रावण २७गते


images
images

रुपन्देही–२ मा  पाण्डेको घरदैलो अभियान तीब्र

रुपन्देही–२ मा  पाण्डेको घरदैलो अभियान तीब्र

images
  • रुपन्देही–२ मा  पाण्डेको घरदैलो अभियान तीब्र
    images
    images

    रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ ले सुशासन कायम राख्ने र भ्रष्टाचार उन्मूलन गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बुधबार बुटवलमा घरदैलो अभियानको क्रममा उनले जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    images
    images
    images

    मतदातासँग प्रत्यक्ष संवाद गर्दै पाण्डेले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं । जनताको माया र विश्वास पाएका छौं । यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ ।”

    images
    images
    images

    हाल उनी सैनामैना, बुटवल र तिलोत्तका वडाहरूमा घरदैलो अभियानमा रहेका छन् । पाण्डेका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन् । “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे ।

    images
    images
    images

    पाण्डेले युवा पुस्तालाई प्राथमिकता दिनुपर्ने जेन्जी आन्दोलनको माग अनुसार आफू योग्य रहेको बताए । “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने ।

    प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु । अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर रुपन्देही–२ को विकास अघि बढाउने योजना छ ।”

    पाण्डेले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।