देवदह । ग्रिनप्लान्ट अङ्ग्रेजी आवासीय मावि देवदह ७ ले देवदह ९ मा अवस्थित सन्दिप आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयले यस बर्षको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै त्यसको खुसियालीमा सामुदायिक आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यालयका सम्पूर्ण ६१ जना विद्यार्थीलाई उत्तिर्ण विद्यार्थीहरुले कापि कलम लगाएत ४० हजार रुपैंया बराबरको शैक्षिक सामग्री प्रदान गरेको प्रिन्सिपल राजीव सापकोटाले जानकारी दिए ।
कार्यक्रममा ग्रीनप्लान्टका प्रवन्ध निर्देशक एकनारायण काफ्ले, विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारी लगाएतले बोल्दै सफल विद्यार्थी हरुलाई शुभकामना दिएका थिए । उनीहरुले शैक्षिक सामग्री वितरणले संस्थागत र सामुदायिक विद्यालय बिचको भाइचारा कायम गरेको बताए । कार्यक्रममा ग्रिनप्लान्टका अध्यक्ष विष्णु पोखरेल, प्रन्सिपल राजिव रापकोटा, भाइस प्रिन्सिपल शंकर सुवेदी लगाएत शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यस बर्षको एसइई परिक्षामा ग्रिनप्लान्ट अङ्ग्रेजी आवासीय मावि देवदह ७ बाट २ जना विद्यार्थीले ४ जिपीए सहित परिक्षा उत्तिर्ण गरेका छन् । विद्यार्थीरु दर्शन भट्टराई र अनमोल जिसीले एसइईमा ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल सापकोटाले बताए ।
विद्यालयबाट कुल ८३ जना विद्यार्थी यसबर्षको एसइईमा सहभागी गराएको ग्रिनप्लान्टले ९७।५९ प्रतिशत अर्थात ८१ जना विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
परिक्षामा सहभागी विद्यार्थी मध्ये २९ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । त्यसैगरी ४१ जना विद्यार्थीले ३.२९ देखि ३.५९ जिपिए ल्याएका छन् भने ८ जना विद्याथीैले २.८० देखि ३.१९ जिपिए ल्याएको विद्यालयले जनाएको छ । ग्रिनप्लान्टबाट २ जना विद्यार्थीले २.४० देखि २.७९ जिपिए ल्याएको प्रिन्सिपल सापकोटाले बताए ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यार्थी बधाई एवम् शुभकामना दिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा एसइईको लागि अहोरात्र खटिने विद्यार्थी विषय शिक्षक तथा अभिभावकहरुलाई धन्यवाद ज्ञापन गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology