Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

एसइई उत्तिर्ण विद्यार्थीलाई युगज्योतिको सम्मान

एसइई उत्तिर्ण विद्यार्थीलाई युगज्योतिको सम्मान

images
  • एसइई उत्तिर्ण विद्यार्थीलाई युगज्योतिको सम्मान
    images
    images

    देवदह । युगज्योति माध्यमिक बिद्यालयले एसइई परिक्षा २०८२ मा सफल बिद्यार्थीहरुलाई बुधबार बधाई तथा सम्मान गरेको छ  ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले सफल विद्यार्थीलाई शुभकामना दिँदै आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । बिद्यार्थीको भविष्य लगनसिलतामा हुने उल्लेख गर्दै डुम्रेले नेपालमै बसेर सामान्य विषय पढेपनि पछी धेरै प्रगति गर्न सकिने तर्क गरे । 

    images
    images
    images

    नगरले शिक्षाको गुणस्तर वृद्धिको लागि ध्यान दिइरहेको भन्दै उनले जेहेन्दार र आर्थिक अवस्था कमजोर बिद्यार्थीलाई पालिकाले सहयोग गर्ने बताए । ‘आर्थिक रुपमा कमजोर भएकै भरमा शिक्षाबाट कोहि पनि बञ्चित हुनु पर्दैन ।’ अध्यक्ष डु्म्रेले भने, ‘पढाईमा जेहेन्दार र इमान्दार विद्यार्थी भएमा नगरबाट पनि त्यस्ता विद्यार्थीहरुलाई हामिले आर्थिक सहायता उपलब्ध गराउनेछौं ।’

    images
    images
    images

    सोही अवसरमा विद्यालयका प्रधानध्यापक यमलाल अर्याल, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष बासु्देव रिमाल, केरवानी  माध्यमिक बिद्यालयका शिक्षक होमनाथ शर्मा लगाएतले बोल्दै अध्ययनको लागि रुची अनुसारको विषय छनोट गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।  

    विद्यालयका अध्यक्ष बिष्णु प्र न्यौपानेको अध्यक्षता, सहायक प्रधानाध्यापक हरि प्रसाद भण्डारीको स्वागत र शिक्षक शिला मल्लको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष खेमनारायण अधिकारी , निवर्तमन अध्यक्ष राधिका अर्याल लगाएतको सहभागिता रहेको थियो ।

    युगज्योतिबाट २०८२ को एसइई परिक्षामा ७५ जना सहभागी बिद्यार्थी मध्य  ५९ बिद्यार्थी उत्तिर्ण भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइई
  • # युगज्योति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।