Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

एसइईको नतिजा आजै प्रकाशित गर्ने तयारी

एसइईको नतिजा आजै प्रकाशित गर्ने तयारी

images
  • एसइईको नतिजा आजै प्रकाशित गर्ने तयारी
    images
    images

    काठमाडौँ । एसइईको नतिजा आज साँझसम्म प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आजै ५ बजे बोर्ड बैठक बसेर परीक्षा प्रकाशनको निर्णय गर्ने तयारी गरेको हो ।

    images
    images
    images

    बोर्डका उपनियन्त्रक विष्णु ज्ञवालीले कुनै समस्या नभए आजै नतिजा प्रकाशित गरिने जानकारी दिएका छन् । 

    images
    images
    images

    एसइई सकिएपछि वैशाख ५ मा ७७ वटै जिल्लाका उत्तरपुस्तिका र अंक सानोठिमीस्थित परीक्षा केन्द्रमाआइपुगेको थियो । त्यसपछि प्राविधिक सत्रको कार्य सुरु भएको थियो । 

    images
    images
    images

    गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो । 

    यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । 

    हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।