Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

सगरमाथा माविबाट एसइईमा एकजना ४ जिपिएसहित ९५.७७ प्रतिशत विद्यार्थी उत्तिर्ण

सगरमाथा माविबाट एसइईमा एकजना ४ जिपिएसहित ९५.७७ प्रतिशत विद्यार्थी उत्तिर्ण

images
  • सगरमाथा माविबाट एसइईमा एकजना ४ जिपिएसहित ९५.७७ प्रतिशत विद्यार्थी उत्तिर्ण
    images
    images

    देवदह । सगरमाथा आवासीय मावि देवदह ७ शीतलनगरबाट एसइई परक्षामा एकजना ४ जिपिए सहित ६८ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।

    images
    images
    images

    विद्यालयका छात्र स्वयम् नेपालीले ४ जिपिए सहित सर्वोत्कृष्ट नतिजा हासिल गरे भने शिरिश पौडेलले ३.९५ तथा प्रशंसा अधिकारीले ३.८६ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    एसइईमा सहभागी ७१ जना विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि ल्याउने ९ जना, ३.२ जिपिए भन्दा माथि ल्याउने ३० जना रहेको विद्यालयले जनाएको छ । त्यसैगरी उत्तिर्ण मध्ये २.८ जिपिए भन्दा बढि ल्याउने २० जना रहेका छन् भने अन्य ९ जना विद्यार्थीले २.४ जिपिए भन्दा बढि ल्याएर उत्तिर्ण भएका छन् ।

    images
    images
    images

    विद्यालयले मंगलवार उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थीहरुको सम्मानमा बधाई कार्यक्रम आयोजना गर्यो । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले विद्यार्थीहरुलाई शैक्षिक भविष्यको लागि शुभकामना व्यक्त गर्दै परिणाम ल्याउन मेहनत गर्ने शिक्षक, विद्यार्थी एवम् अभिभावकहरुलाई समेत धन्यवाद ज्ञापन गरे । 


    एसइई उत्तिर्ण विद्यार्थीहरुको स्वागतमा सगरमाथा पञ्चेबाजा समूहका विद्यार्थीहरुले बाजागाजा सहित सम्मान गरेका छन् । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • # एसइई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।