Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

एसइई उत्तिर्ण विद्यार्थीलाई सीता माविको सम्मान, सामुदायिक तर्फ उत्तिर्ण प्रतिशत सबैभन्दा बढि

एसइई उत्तिर्ण विद्यार्थीलाई सीता माविको सम्मान, सामुदायिक तर्फ उत्तिर्ण प्रतिशत सबैभन्दा बढि

images
  • एसइई उत्तिर्ण विद्यार्थीलाई सीता माविको सम्मान, सामुदायिक तर्फ उत्तिर्ण प्रतिशत सबैभन्दा बढि
    images
    images

    देवदह । सीता माध्यमिक विद्यालय, देवदह-१० चरङ्गेमा एसइई २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानसहित बधाई तथा शुभकामना दिइएको छ । सामुदायिक विद्यालयतर्फ नगरमा प्रथम स्थान हासिल गरेको भन्दै विद्यालयले एक कार्यक्रमका विच विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

    images
    images
    images

    यस वर्षको एसइई परीक्षामा ६७ जना विद्यार्थीमध्ये ६४ जना अर्थात ९५.५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । उत्तिर्ण प्रतिशतको आधारमा यो सामुदायिक विद्यालयमा सबैभन्दा बढि भएको प्रधानाध्यापक उमाकान्त अधिकारीले जानकारी दिए । 

    images
    images
    images

    ‘देवदह नगरपालिकाभित्र सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।’ प्रधानाध्यापक अधिकारीले भने, ‘यो नतिजा प्राप्त गर्न अहोरात्र खटिने विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ नतिजालाई आगामी बर्षहरुमा समेत कायम राख्नुपर्ने चुनौती रहेको अधिकारीले बताए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष कुमार परियार, जनप्रिय सामुदायिक वनका अध्यक्ष अमर लामिछाने, निवर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्यहरू सुन्दरी गिरी, फुलमाया राना तथा देवदह नगरपालिका वडा नं. १० का जनप्रतिनिधिहरू भविलाल थापा, कमला परियार लगायतले बोल्दै परीक्षामा सफल विद्यार्थीहरूलाई शुभकामना दिएका थिए । 

    उनीहरुले सफल विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रामा अनुशासन, मेहनत र सकारात्मक सोंचका साथ अघि बढ्न सुझाव दिएका थिए । 

    विद्यालयका शिक्षक प्रतिनिधि शिवलाल क्षेत्रीको स्वागत र सहायक प्रधानाध्यापक पुरुषोत्तम ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक-शिक्षिका, कर्मचारी, उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयले जनाएको छ ।

    कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसइई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।