देवदह । यस बर्षको एसइई परिक्षामा ग्रिनप्लान्ट अङ्ग्रेजी आवासीय मावि देवदह-७ बाट २ जना विद्यार्थीले ४ जिपीए ल्याएका छन् । विद्यार्थीहरु दर्शन भट्टराई र अनमोल जिसीले ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल राजीव सापकोटाले जानकारी दिए ।
विद्यालयबाट कुल ८३ जना विद्यार्थी यसबर्षको एसइईमा सहभागी गराएको ग्रिनप्लान्टले ९७।५९ प्रतिशत अर्थात ८१ जना विद्यार्थी उत्तिर्ण गराउन सफल भएको छ ।
परिक्षामा सहभागी विद्यार्थी मध्ये २९ जनाले ३।६० देखि ४ जिपिए ल्याएका छन् । त्यसैगरी ४१ जना विद्यार्थीले ३।२० देखि ३।५९ जिपिए ल्याएका छन् भने ८ जना विद्यार्थीले २।८० देखि ३।१९ जिपिए ल्याएको विद्यालयले जनाएको छ । ग्रिनप्लान्टबाट २ जना विद्यार्थीले २।४० देखि २।७९ जिपिए ल्याएको प्रिन्सिपल सापकोटाले बताएका छन् ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याएको भन्दै एसइईको लागि अहोरात्र खटिने विद्यार्थी, विषय शिक्षक तथा अभिभावकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । ‘हामीले अघिल्ला बर्षहरुमा जस्तै यसपटक पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौं ।’ प्रिन्सिपल सापकोटाले भने, ‘यसलाई आगामी बर्षहरुमा समेत कायम राख्दै देवदहको शैक्षिक उचाईलाई थप बृद्धि गर्न हामी लागिपर्नेछौं ।’
विद्यालयले यसबर्षको एसइईमा २ जना ४ जिपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै बाजागाजा र अन्य तामझामका कुनैपनि कार्यक्रम नगर्ने तर देवदहको कुनै एक सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology