देवदह । न्यू लुम्बिनी ईङ्गलिस बोर्डिङ स्कूल देवदह ५ ले एसइईमा सत प्रतिशत नतिजा ल्याउने विगत दश बर्षको बिरासतलाई यसबर्ष पनि कायम राखेको छ । विद्यालयले यस बर्षको एसइई परिक्षामा सहभागी १८ विद्यार्थी मध्ये सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराएर आफ्नो बिरासतलाई कायम राखेको हो ।
उत्तिर्ण विद्यार्थी मध्ये ३.६ जिपिए भन्दा माथि ल्याएउने विद्यार्थी संख्या ४ रहेको विद्यालयका प्रिन्सिपल विनोद थापामगरले जानकारी दिए । यसैगरी १० जना विद्यार्थीले ३.२ भन्दा माथि ल्याएका छन् भने ४ जनाले २.८ भन्दा माथि ल्याएर उत्तिर्ण भएका छन् ।
उत्तिर्ण विद्यार्थीहरुलाई बुधवार सम्मान सहितको कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।
२०७३ सालबाट एसइई परिक्षामा सहभागिता जनाएको न्यू लुम्बिनीले हालसम्मका सवै परिक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएको प्रिन्सिपल थापामगरले सेतोमसीलाई बताए ।
न्यू लुम्बिनीबाट एसइईमा सहभागिता जनाएको पहिलो बर्ष ९ जना, वि.सं. २०७४ मा २० जना, २०७५ मा १३ जना र २०७६ मा १६ जना विद्यार्थी उत्तिर्ण भएका थिए ।
यसैगरी वि.सं २०७७ मा १४ जना, २०७८ मा १२ जना, २०७९ मा २० जना, २०८० मा २२ जना, २०८१ र २०८२ मा १८÷१८ जना विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल थापामगरले जानकारी दिएका छन्
।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology