Logo

२०८३, श्रावण ३०गते


images
images

ग्रीन प्लान्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

ग्रीन प्लान्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

images
  • ग्रीन प्लान्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यालयलाई स्वागत गरेको छ । सुनवलको बुद्ध रिवर्न होटलमा एक कार्यक्रम बीच कक्षा १२ का विद्यार्थीले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्धक निर्देशक एकनारायण काफ्लेले ग्रीन प्लान्टमा अनुशासन र उद्देश्यपूर्ण वातावरणका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको बताए । 'हाम्रो कमाई भनेको शिक्षा हो र शिक्षकको सम्पत्ति भनेका विद्यार्थी हुन् ।' उनले भने, 'पढाइ भित्र धेरै कुरा सिकिन्छन् । व्यवहार, सभ्यता र अरूलाई सम्मान गर्न सक्ने क्षमता पनि शिक्षाकै हिस्सा हुन् ।'

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य राजीव सापकोटाले ग्रीन प्लान्टले विद्यार्थीलाई व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड दिएको बताए । कार्यक्रममा विद्यालयका कक्षा ११-१२ ओर्डिनेटर अशोक पाण्डेसहित शिक्षक-कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    कम्प्युटर साइन्स सेक्सनका विद्यार्थी भुवन अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन विद्यार्थी बिनिता सुनारले गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।