देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर-७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय माविमा विज्ञान प्रदर्शनी, पुरस्कार वितरण तथा विद्यार्थी प्रतीभा प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ।
बुधबार विद्यालय प्राङ्गणमा एक समारोहको आयोजना गरि कक्षा प्ले ग्रुप देखी १२ कक्षासम्म उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण, सप्ताह व्यापी खेलकुदमा विजेता खेलाडीलाई पुरस्कार वितरण, विद्यार्थीले विभिन्न कला प्रस्तुत गरि बनाएका विज्ञान प्रदर्शनसङ्गै होटेल म्यानेजमेन्ट अध्ययन गर्ने विद्याहरुद्वारा निर्मित खाना महोत्सव समेत संचालन गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य राजिव सापकोटाले ग्रीन प्लान्टले संख्यामा नभई शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गरिरहेको बताए । विद्यार्थीहरुलाई पढाईका अलवा अतिरिक्त क्रियाकलापलाई समेत उत्तिकै महत्त्व दिएर गतिविधिहरु संचालन गरिरहेको र सोही अनुसार नतिजा समेत प्राप्त भैरहहेको प्राचार्य सापकोटाको भनाई छ ।
कार्यक्रममा विद्यालयका अभिभावक एवं देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रशुराम ढकालले शिक्षा प्रणालीलाई सुधार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । वर्तमान शिक्षा प्रणालीको सबल र दुर्बल पक्ष पहिचान गरि शिक्षा नीतिलाई सुदृढीकरण गर्दै लैजानुपर्ने उनको भनाइ छ ।
पुरस्कार वितरण समारोहको अवसरमा दिप बोर्डिङ हाइ स्कुल बुटवलले प्रत्येक वर्ष आयोजना गर्ने दिप गायन ताराको उपाधी जित्न सफल विशेष पाण्डेलाई पुरस्कृत समेत गरिएको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु पोख्रेलको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक एक नारायण काफ्लेको स्वागत र शिक्षक समिन गैरे र अशोक पाण्डेको संयुक्त संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology