Logo

२०८३, आश्विन १८गते


images
images

महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : विश्वप्रकाश शर्मा

महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : विश्वप्रकाश शर्मा

images
  • महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ : विश्वप्रकाश शर्मा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । 

    images
    images
    images

    आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उपसभापति शर्माले महाधिवेशनपछि थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्ने बताएका हुन् । 

    images
    images
    images

    उनले बी.पी. कोइरालाले स्थापना गरेको पार्टीलाई पुराना अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्ताले सबल ढङ्गले हाँकिरहेको र देशको मुहार उज्यालो बनाउन योगदान पुर्याउने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    उनले संविधान संशोधन केवल संसद्को गणितको विषय मात्र नभई यसमा सबैको अपनत्व र भावना जोडिनुपर्ने बताए । संशोधन प्रक्रियामा हाल संसद्मा नरहेका तर विगतमा संविधान सभामा रहेका दलहरूलाई पनि समेटेर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

    उनले देशको विकास र समृद्धिका लागि सरकारसँग सहकार्य गर्ने र सरकारलाई साथ दिने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।