काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन् ।
काँग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै सभापति लामिछानेले अहिले सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै सरकार नढल्ने स्पष्ट गरेका हुन् । उनले लोकतन्त्रप्रति आफुहरु प्रतिबद्ध रहेको भन्दै अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका थिए । लामिछानेले चुनावको विषयमा हल्का टिप्पणी गरेको भन्दै जनताको मतको अपमान नगर्न आग्रह गरे ।
लामिछानेले काँग्रेसको बलियो र कमजोर दुवै पक्ष यसको इतिहास भएको बताएका छन् । काँग्रेसले विगतमा पिछडिएको वर्गलाई नहेरेको, समानुपातिक सिट बेचेको आरोप लगाउदै त्यसो नगरेको भए आफु पनि काँग्रेस हुनसक्ने थिए भनेका थिए । सभापति लामिछानेले आफुहरु लोकतन्त्रका मुल्य र मान्यताको विरुद्ध डेक नचल्ने बताउदै लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology