देवदह । रुपन्देहीको देवदहमा आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । पूर्वी क्षेत्र नीजी विद्यालय परिवार (ईप्सा) ले शुक्रवार संचालन गरेको दोस्रो विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा १८५ अंक प्राप्त गर्दै ग्रीनप्लान्ट प्रथम भएको सचिव विनोद थापा मगरले जानकारी दिए ।
प्रतियोगितामा १५५ अंक सहित सेभेन स्टार इङलिस बोर्डिङ स्कुल दोस्रो, १०० अंक प्राप्तसहित बुद्ध पब्लिक आवासीय मावि तेस्रो र ८० अंक प्राप्त गर्दै देवदह मदरटङ्स एकेडेमीले सान्त्वना स्थान हासिल गरेको जनाएको छ ।
प्रथम भएको ग्रीन प्लान्टले नगद १२ हजारसहित ट्रफी, प्रमाणपत्र र अक्सफोर्ड डिक्नेरी प्राप्त गरेको छ । दोस्रो भएको सेभेन स्टारले नगद ९ हजार टर्फी र प्रमाणपत्र, तृतीय भएको बुद्ध पब्लिकले ६ हजार र सान्त्वना भएको मदरटङ्स एकेडेमीले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको जनाइएको छ ।
कार्यक्रममा देवदह नगरपालिकाका शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल, इप्साका सल्लाहकार विष्णु प्रसाद पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष सिवि थापा मगरको स्वागत, कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गैरेको धन्यवाद ज्ञापन र सचीव विनोद थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।
इप्साले गतसाल आयोजना गरेको प्रथम विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पनि ग्रीनप्लान्ट प्रथम भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology