Logo

२०८३, श्रावण २९गते


images
images

स्वास्थ्य बीमा

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

images
  • स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी
    images
    images

    काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

    images
    images
    images

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत २०८२ माघ र फागुन महिनामा प्रदान गरिएको स्वास्थ्य सेवाबापत उक्त रकम भुक्तानी गरिएको हो। रकम पाउने स्वास्थ्य संस्थामा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल, निजी तथा शिक्षण अस्पतालसमेत रहेका छन् ।

    images
    images
    images

    भुक्तानी विवरणमा ठूला अस्पतालदेखि दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालसम्मका स्वास्थ्य संस्था समेटिएका छन् ।

    images
    images
    images

    स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले पेस गरेका दाबीको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।