Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

images
  • शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने
    images
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ।

    images
    images
    images

    अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले अहिलेसम्म उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

    images
    images
    images

    शिक्षण अस्पतालले जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ। अस्पतालले मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको छ ।

    images
    images
    images

    अहिलेसम्म ४० करोड बीम बापतको रकम भुक्तानी गर्न बाँकी रहेको शिक्षण अस्पतालले जानकारी दिएको छ ।

    सूचनामा भनिएको छ- 'नेपाल सरकार स्वास्थ्य वीमा वोर्ड र यस त्रि.वि. शिक्षण अस्पतालबीच सम्झौता भई विगत २०७७ साल देखि नेपाल सरकारको स्वास्थ्य वीमा उपचार कार्यक्रम निरन्तर संचालन हुँदै आएको व्यहोरा सर्वविधितै छ । स्वास्थ्य बीमाबाट उपचारमा आउने बिरामी संख्या तथा चाप दिनहुँ वृद्धि हुँदै मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुनेमा बीमा बोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृति गरी बाँकी अस्वीकृत गरिँदै आएको जानकारी गराउँदै हालसम्म अस्पतालको बीमा दाबी रकम झण्डै ४० करोड भुक्तानी बाँकी रहेको व्यहोरा जानकारी गराउँदछु ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वास्थ्य बीमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।