Logo

२०८३, आश्विन २८गते


images
images

अपराध

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु
    images
    images

    गुल्मी । गुल्मीको मालिका गाउँपालिका-२, खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी भाउजुको उपचारका क्रममा मृत्यु भएको छ । 

    images
    images
    images

    प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै ४२ वर्षीया भाउजु लिला खत्रीलाई कुटपिट गरेका थिए। घटनापछि घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको थियो।

    images
    images
    images

    २०८३ असोज २८ गते घर लैजाने क्रममा बाटोमा शंका लागेपछि उनलाई गुल्मी जिल्ला अस्पताल, तम्घासमा जाँच गराइएको थियो। चिकित्सकले दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेका थिए।

    images
    images
    images

    घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।