झापा । झापाको बाह्रदशी गाउँपालिका-५ खटखटी टोलस्थित चारपाने-राजगढ भित्री सडकखण्डमा धान काट्ने मेसिन र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति राजगढबाट चारपानेतर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प ४६३८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ त १०४० नम्बरको धान काट्ने मेसिन ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बाह्रदशी गाउँपालिका-३ का २० वर्षीय गोपाल ताजपुरिया र बाह्रदशी-२ का १७ वर्षीय अशोक राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि धान काट्ने मेसिनका चालक फरार भएका छन् । उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology