Logo

२०८३, आश्विन २६गते


images
images

दुर्घटना

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

images
  • तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते
    images
    images

    तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    सोमबार दिउँसो १२:०५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु २ ख १५४ नम्बरको ट्रक चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको थियो ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका चालक र सहचालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो । उपचारका क्रममा धादिङको सिद्धलेक गाउँपालिका–६ निवासी करिब ३० वर्षीय चालक सञ्जीव मगरलाई दिउँसो १२:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    दुर्घटनामा सोही ठाउँका २२ वर्षीय सहचालक प्रदीप विक गम्भीर घाइते भएका छन्। उनको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ
  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।