Logo

२०८३, आश्विन १८गते


images
images

दुर्घटना

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

images
  • तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
    images
    images

    तनहुँ । भानु नगरपालिका-१० तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    असोज १८ गते हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भानु नगरपालिका-१० तल्लो मैदानका ४५ वर्षीय शंकर पाण्डेको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा दिउँसो १२: ०१ बजे मृत्यु भएको हो ।

    images
    images
    images

    त्यस्तै, मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ६५ वर्षीय टंकनीति पाण्डेको लमजुङ सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहान ११: ३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल घटनास्थलमै रहेको छ । घटनास्थल प्रहरी बिट कालीमाटी, तनहुँबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।