Logo

२०८३, आश्विन ११गते


images
images

म्याग्दी पहिरो

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक बेपत्ता

म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक बेपत्ता

images
  • म्याग्दीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, एक बेपत्ता
    images
    images

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ फगाममा अविरल वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ । पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् ।

    images
    images
    images

    आइतबार बिहान करिब ९: ३० बजे माथिबाट पहिरो खस्दा गंगाबहादुर पाइजाको घर पुरिएको हो । घरमा रहेका चार जनामध्ये ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव बिहान ११: ३० बजे फेला परेको थियो ।

    images
    images
    images

    सोही घटनामा ५४ वर्षीया योमाया पुर्जा बेपत्ता भएकी छन् । घरका अन्य सदस्य भने सकुशल रहेको जनाइएको छ । उद्धारका लागि इलाका प्रहरी कार्यालय दाना, म्याग्दीबाट प्रहरी सहायक निरीक्षक जुद्धबहादुर थापाको नेतृत्वमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । टोलीले उद्धार तथा बेपत्ताको खोजी गरिरहेको जनाइएको छ ।

    images
    images
    images

    घटनास्थल इलाका प्रहरी कार्यालय दानाबाट करिब ८ किलोमिटर उत्तरमा पर्छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।