Logo

२०८३, कार्तिक २६गते


images
images

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

images
  • इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
    images

    काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ ।

    images
    images
    images

    अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग लगाइएको छ ।

    images
    images
    images

    अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूले सन् २०२६ को वसन्तयाममा युरोपमा भएका १८ वटा आक्रमणको जिम्मेवारी लिएको समूहसँग सम्बन्ध राखेका थिए । तीमध्ये सात वटा आक्रमण बेलायतमा भएका थिए। आक्रमणमा आगजनी, विस्फोटक पदार्थ प्रयोग तथा लन्डनमा दुई यहुदी नागरिकमाथि चक्कु प्रहारका घटना समावेश छन् ।

    images
    images

    अमेरिकी न्याय मन्त्रालयले अल सादीले बेलायतमा रहेका सहयोगीलाई आर्थिक सहयोग गरी हवाई सैन्य अड्डाको निगरानी गर्न, इन्धन भरिएका ट्याङ्की र सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिएको आरोप लगाएको छ । गत सेप्टेम्बर २७ मा सैन्य अड्डानजिक तीनवटा शङ्कास्पद भ्यान देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    तर इरानले उक्त घटनामा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी सङ्घीय अनुसन्धान निकायका निर्देशक काश पटेलले अभियुक्तहरूले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर र इरान समर्थित सशस्त्र समूहको सहयोगमा आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरानको समर्थन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।