Logo

२०८३, आश्विन २३गते


images
images

दुर्घटना

उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु

उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु

images
  • उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु
    images
    images

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।

    images
    images
    images

    आज बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आएको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो ।

    images
    images
    images

    दुर्घटनामा त्रियुगा नगरपालिका-११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन् । उनलाई जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो । घाइते ७० वर्षीया कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नराखेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # उदयपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।