Logo

२०८३, आश्विन २३गते


images
images

समाचार

लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनको अन्तिम चरणमा - मन्त्री लम्साल

लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनको अन्तिम चरणमा - मन्त्री लम्साल

images
  • लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनको अन्तिम चरणमा - मन्त्री लम्साल
    images
    images

    रौतहट । रौतहटको लालबकैया नदीमा निर्माणाधीन पुल सञ्चालनको अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।

    images
    images
    images

    उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको पुल पटक-पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन । निर्माण कम्पनीलाई कालोसूचीमा राखेपछि बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो । तर, पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट नहुनु र बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन ।

    images
    images
    images

    मन्त्री लम्सालले समस्या समाधान गरी आवश्यक बजेट व्यवस्थापन गरेपछि निर्माणले गति लिएको बताएका छन् ।

    images
    images
    images

    हाल पुलका ६ वटै स्पान, फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भएको छ । एप्रोच रोड र नदी नियन्त्रणका लागि गरिने काम भने जारी रहेको उनले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।