Logo

२०८३, आश्विन २३गते


images
images

अन्तर्राष्ट्रिय

भारतको सर्वोच्च अदालतले भन्यो- मेट्रो र रेल सेवा बन्द गर्न मिल्दैन

भारतको सर्वोच्च अदालतले भन्यो- मेट्रो र रेल सेवा बन्द गर्न मिल्दैन

images
  • भारतको सर्वोच्च अदालतले भन्यो- मेट्रो र रेल सेवा बन्द गर्न मिल्दैन
    images
    images

    काठमाडौं । भारतको सर्वोच्च अदालतले अक्टोबर १० मा हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली आउने रेल सेवा र मेट्रो स्टेशन बन्द गर्न नमिल्ने बताएको छ ।

    images
    images
    images

    अदालतले सर्वसाधारणलाई असुविधा नहुने गरी रेल तथा मेट्रो सेवा व्यवस्थित रूपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको हो । मुख्य निर्वाचन आयुक्त (सीईसी) विरुद्ध ककरोच जनता पार्टीले शनिबार दिल्लीको जन्तर मन्तरमा प्रदर्शनको घोषणा गरेका छन् । 

    images
    images
    images

    भारत सरकारले दिल्लीका ५७ मेट्रो स्टेशन बन्द गर्ने र दिल्ली आउने रेल रद्द गरेपछि सर्वोच्च अदालतमा परेको रिटमा वरिष्ठ अधिवक्ताहरू कपिल सिब्ब्ल, अभिषेक मनु सिंघवी र प्रशान्त भूषणले अदालतको हस्तक्षेप माग गर्दै प्रदर्शनको अधिकारलाई ध्यान दिनुपर्ने बताएका थिए ।

    images
    images
    images

    मुख्य न्यायाधीश सूर्यकान्तसहितको इजलासले प्रतिबन्ध लगाउनुअघि सबै पक्षलाई सुन्नुपर्ने बताउदै मेट्रो र रेल सेवा बन्द नगर्न सरकारलाई आग्रह गरेका थिए । न्यायाधीश जोयमाल्य बाग्चीले प्रदर्शनको अनुमति नलिइएको भए त्यो कानुनअनुकूल नहुने भए पनि त्यसकै आधारमा प्रदर्शनलाई असंवैधानिक भन्न नमिल्ने टिप्पणी गरेका छन् 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।