Logo

२०८३, मंसिर ४गते


images
images

उर्जा

भारतमा थप ६१५ मेगावाट विद्युत बिक्री गर्न अनुमति, निर्यात स्वीकृति ११९८ मेगावाट पुग्यो

भारतमा थप ६१५ मेगावाट विद्युत बिक्री गर्न अनुमति, निर्यात स्वीकृति ११९८ मेगावाट पुग्यो

images
  • भारतमा थप ६१५ मेगावाट विद्युत बिक्री गर्न अनुमति, निर्यात स्वीकृति ११९८ मेगावाट पुग्यो
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको ऊर्जा एक्सचेन्जमा थप ६१५.३४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।यसमध्ये मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादित ५९४ मेगावाट र सेती खोला जलविद्युत् आयोजनाको २१.३४ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति प्राप्त भएको हो ।

    images
    images
    images

    भारतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम बजारमा बिक्री गर्न अनुमति दिएको हो । उक्त विद्युत् सन् २०२६ नोभेम्बर १८ देखि २०२७ जुन १४ सम्म बिक्री गर्न सकिनेछ ।

    images
    images
    images

    अनुमतिप्राप्त विद्युत्मध्ये २०५ मेगावाट कटैया-कुशाहा, रामनगर-सुरजपुर र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत तथा ३८९ मेगावाट ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गरिनेछ । यो विद्युत् नेपाल विद्युत् प्राधिकरण र भारतका एनभीभीएन तथा पीटीसीबीच भएको मध्यकालीन बिक्री सम्झौताअन्तर्गतका आयोजनाबाट उत्पादन हुनेछ ।

    images
    images

    त्यस्तै, सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित थप २१.३४ मेगावाट विद्युत् पनि नोभेम्बर १८ देखि सन् २०२७ अगस्ट ३१ सम्म भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति प्राप्त भएको छ । 

    यससँगै भारततर्फ विद्युत् निर्यातका लागि स्वीकृत कुल परिमाण ११९८ मेगावाट पुगेको छ । प्राधिकरणले आगामी हिउँदयाममा विद्युत् माग व्यवस्थापनका लागि भारतबाट १००४ मेगावाट विद्युत् आयात गर्नसमेत अनुमति पाइसकेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # विद्युत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।