Logo

२०८३, आश्विन २०गते


images
images

दुर्घटना

चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

images
  • चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
    images
    images

    चितवन । चितवनको रत्ननगर नगरपालिका-३ बेल्सीपुलस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

    images
    images
    images

    मंगलबार बिहान शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१-००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१ निवासी करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११: ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    images
    images
    images

    दुर्घटनापछि प्रहरीले ट्रक र चालक उदयपुरको रौतामाई गाउँपालिका-९ निवासी ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।