Logo

२०८३, मंसिर ७गते


images
images

अन्तर्राष्ट्रिय

इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद

इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद

images
  • इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
    images

    काठमाडौँ । इजरायलमा नयाँ सरकार गठनका लागि याशार पार्टी र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीबीच आइतबार भएको एकता वार्तामा कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ ।

    images
    images
    images

    चार घण्टासम्म चलेको छलफलपछि दुवै दलले मुख्य विषयमा कुराकानी भएको र पुनः बैठक बस्ने सहमति भएको बताएका छन् । तर, नयाँ सरकारको नेतृत्व कसले गर्ने र प्रधानमन्त्री पद आलोपालो गर्ने विषयमा छलफल नभएको जनाइएको छ ।

    images
    images

    वार्तामा न्यायिक सुधार, अति धार्मिक यहुदी समुदायको सैन्य सेवामा सहभागिता तथा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणबारे छानबिन आयोग गठन गर्ने विषयमा छलफल भए पनि सहमति हुन सकेन। सम्भावित गठबन्धनमा दक्षिणपन्थी दललाई समेट्ने विषयमा पनि मतभेद देखिएको छ ।

    images

    यसैबीच, याशार र युनाइटेड तोराह यहुदी पार्टीबीच अति धार्मिक यहुदी समुदायलाई सैन्य सेवामा सहभागी गराउने विषयमा पछिल्लो २४ घण्टामा उल्लेखनीय प्रगति भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । तर, दुवै पक्षबीच अझै प्रस्ताव आदानप्रदान हुने तहको सहमति भने बनिसकेको छैन ।

    याशारका नेता गादी आइसेनकोटले यसै साता सैन्य भर्तीसम्बन्धी नयाँ प्रस्ताव अघि सार्ने अपेक्षा गरिएको छ । इजरायलमा नेतान्याहुको विकल्पमा नयाँ सरकार गठन गर्ने प्रयास भइरहेका बेला विभिन्न दलबीच गठबन्धन र सैन्य सेवासम्बन्धी व्यवस्थामा मतभेद देखिएको छ ।

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।