Logo

२०८३, आश्विन २२गते


images
images

इजरायल निर्वाचन

इजरायलमा अक्टोबर २७ मा चुनाव हुदै : सुरक्षा, हमास र प्यालेस्टाइन मुख्य मुद्दा

इजरायलमा अक्टोबर २७ मा चुनाव हुदै : सुरक्षा, हमास र प्यालेस्टाइन मुख्य मुद्दा

images
  • इजरायलमा अक्टोबर २७ मा चुनाव हुदै : सुरक्षा, हमास र प्यालेस्टाइन मुख्य मुद्दा
    images
    images

    काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा हमासका करिब ६ हजार लडाकुले इजरायलमा आक्रमण गर्दा करिब १ हजार २ सय मानिस मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो ।

    images
    images
    images

    आक्रमणको तीन वर्षपछि यसको प्रभाव युद्धमा मात्र सीमित छैन । यसले इजरायलको राजनीतिक बहस नै बदलिएको छ । अक्टोबर २७ मा हुने आमनिर्वाचनमा महँगी र आवासभन्दा सुरक्षा, हमास, सेना र प्यालेस्टाइन मुख्य मुद्दा बनेका छन् । यसको प्रभाव दक्षिणपन्थी राजनीतिमा देखिएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भने चुनावमा चुनौती बढेको छ ।

    images
    images
    images

    पूर्वसेना प्रमुख गादी आइजेनकोटको दल केही सर्वेक्षणमा नेतन्याहुको लिकुड दलसँग बराबरी वा अगाडि देखिएको छ । हमासको आक्रमणका बेला प्रधानमन्त्री रहेका नेतन्याहुमाथि सुरक्षा कमजोरीको जिम्मेवारी लिन दबाबसमेत छ ।

    images
    images
    images

    अर्कोतर्फ, इजरायलको वामपन्थी राजनीति कमजोर बनेको छ । प्यालेस्टिनी राज्य र शान्तिको पक्षमा रहेका दलहरूले समेत अहिले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको छ ।

    सन् २०२१ मा सरकार गठनमा निर्णायक बनेका अरब दलहरूका लागि पनि राजनीतिक अवस्था कठिन बनेको छ । त्यतिबेला अरब दलको समर्थनमा नेतन्याहुलाई सत्ताबाट बाहिर राखेर सरकार बनेको थियो । तर अक्टोबर ७ पछि बदलिएको सुरक्षा केन्द्रित राजनीतिक वातावरणमा अरब दललाई सरकारमा सहभागी गराउनु दलहरूका लागि थप संवेदनशील बनेको छ ।

    यसरी अक्टोबर ७ को आक्रमणले इजरायलको चुनावी बहस, दलहरूको शक्ति सन्तुलन र सरकार गठनको राजनीतिक समीकरणमा समेत ठूलो परिवर्तन ल्याएको विश्लेष्ण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।