Logo

२०८३, कार्तिक २२गते


images
images

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै

images
  • इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुदै
    images

    काठमाडौँ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् ।

    images
    images
    images

    गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।

    images
    images
    images

    विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका १९ सांसदसहित कुल ६७ सांसदको समर्थन प्राप्त भएको दाबि गरिएको छ । यता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पक्षमा ४६ सांसद देखिएका छन् भने सात सांसदले कुनै पक्षलाई समर्थन गरेका छैनन् ।

    images
    images

    तर, आइजेनकोटलाई समर्थन गरेको दक्षिणपन्थी दल इजरायल बेइतेनुले अरब दलको समर्थनमा बन्ने सरकारमा सहभागी नहुने संकेत दिएको छ । अर्कोतर्फ, यहुदी धार्मिक दलले नेतन्याहूलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

    राष्ट्रपति हर्जोगले संसदीय समर्थन र राजनीतिक दलबीचको सहकार्यको सम्भावना हेरेर सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्ने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।