सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकालीमा जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ ।
घ्याङलेखबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याप बोलेरो जिपमा सवार घ्याङलेख गाउँपालिका-४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जन जिपको ढोकाको लक अचानक खुल्दा खसेर घाइते भएका थिए ।
उनीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएकोमा सोमबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका-५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology