चितवन । चितवनको कालिका नगरपालिका-५ वडा कार्यालय चोकमा ट्याक्टर र जिप आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
सोमबार दिउँसो मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३-०१-०२४ च ३४७३ नम्बरको बलेरो जिप ठोक्किएका थिए ।
दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका-३ की ३५ वर्षीया लक्ष्मी परियारको उपचारका क्रममा दिउँसो पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
घाइते १० जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका-१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ भने जिप चालक पनि घाइते भएकाले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology