देवदह । युगज्योति माध्यमिक विद्यालयले मन्टेस्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकसंग अन्तरक्रिया भएको छ । मन्टेस्वरी तहमा अध्ययनरत १२९ विद्यार्थीका ८२ अभिभावकमध्ये ७० जना अभिभावक भेलामा सहभागि भएको प्रधानाध्यापक यमलाल अर्यालले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, सल्लाहकार समिति तथा शैक्षिक गुणस्तर समितिका पदाधिकारीको समेत सहभागिता रहेको जनाइएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा देवदह–६ का वडाध्यक्ष खेमबहादुर थापासहित भीमलाल काफ्ले र राधिका अर्याल, देवदह खानेपानीका अध्यक्ष राजन अधिकारी लगायत सहभागी थिए ।
कार्यक्रममा प्रेरणामूलक भिडियो प्रदर्शनसँगै अभिभावकका गुनासा तथा जिज्ञासामाथि छलफल गरिएको थियो ।
कार्यक्रममा स्वागत हरिप्रसाद भण्डारीले गरेका थिए भने सञ्चालन शिक्षक प्रतिनिधि शिला मल्लले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology