देवदह । पूर्वी क्षेत्र निजी विद्यालय परिवार (ईप्सा) रुपन्देहीले देवदहमा 'व्यवहारिक शिक्षा आजको आवश्यकता' विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । माध्यमिक विद्यालय तहस्तरीय प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय माविकी स्वीकृति न्यौपाने प्रथम भएकी छन् ।
ईप्सा रुपन्देहीमा आबद्ध १३ वटा विद्यालय सहभागी भएको प्रतियोगितामा मदरल्याण्ड एकेडेमीकी प्रेरणा न्यौपाने द्वितीय, देवदह इङलिस बोर्डिङ स्कुलका शेखर पाण्डे तृतीय र देवदह बुद्द पब्लिक स्कुलकी विशिस्टा तिवारीले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रमका बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले विद्यार्थीको व्याक्तित्व विकासका लागि वक्तृत्वकला प्रतियोगिता महत्त्वपूर्ण हुने बताइन् । विद्यार्थीको प्रतिभा उजागर गर्नका लागि ईप्साले विभिन्न समयमा विद्यार्थी लक्षित कार्यक्रम गरेको र आगामी दिनहरुमा समेत रचनात्मक कार्यक्रमहरुलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै ईप्सा रुपन्देहीका सल्लाहकार कृष्ण प्रसाद पौडेलले व्यवहारिक शिक्षा आवश्यक रहेको बताए। किताबी ज्ञान मात्र प्रयाप्त नभएको भन्दै उनले शिक्षा क्षेत्र घोकन्तेबाट व्यवहारिक ज्ञानमा रुपान्तरण हुनुपर्ने विचार व्यक्त गरे ।
ईप्सा रुपन्देहीका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष चुरा बहादुर गुरुङको संयोजन र कोषाध्यक्ष कृष्ण गैरेको संचालन रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology