Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा रक्तदान कार्यक्रम, ४० पिन्ट रगत संकलन

देवदहमा रक्तदान कार्यक्रम, ४० पिन्ट रगत संकलन

images
  • देवदहमा रक्तदान कार्यक्रम, ४० पिन्ट रगत संकलन
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५ प्रगतिबजारमा आयोजित रक्तदान कार्यक्रममा  ४० पिन्ट रगत संकलन भएको छ । शनिवार स्थानीय युवा प्रगति युवा क्लबले  कार्यक्रमको आयोजना गरेको थियो । 
     
    रक्तअभावका कारण कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष गोपालमान तमुले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा वक्ताहरूले देवदहलाई ‘रगतको हब’का रूपमा विकास गर्न निरन्तर रक्तदान अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूका अनुसार यस्ता कार्यक्रमले सामुदायिक सहकार्य, मानवतावादी भावना र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्न मद्दत गर्छन् ।

    images
    images
    images

    कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ, प्रगति टोल विकास संस्था, कोलुवा–शान्तिटोल विकास संस्था, शिवशक्ति धाम मन्दिर र देवदह प्रेस क्लबको सहकार्य रहेको थियो । नेपाल रेडक्रस सोसाइटी भैरहवा ब्लड बैंकले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो ।

    images
    images
    images
    रक्तदान १.jpg

    क्लबका अध्यक्ष गोपालमान तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष दिनेशकुमार विक, नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारी, क्लबका उपाध्यक्ष सन्दीप भुजेल र सचिव मोहनीलाल तिवारीले लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।