Logo

२०८३, आश्विन ९गते


images
images

देवदह प्रिमियर लिग : तेस्रो दिनको खेलमा ढेकावर र पाकडी विजयी

देवदह प्रिमियर लिग : तेस्रो दिनको खेलमा ढेकावर र पाकडी विजयी

images
  • देवदह प्रिमियर लिग : तेस्रो दिनको खेलमा ढेकावर र पाकडी विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत बिहिवार सम्पन्न दुई खेलमा ढेकावर योद्धा र पाकडी प्यान्थर्स विजयी भएका छन् । 

    images
    images
    images

    पहिलो खेलमा ढेकावर योद्धाले साविक उपविजेता शीतलनगर स्ट्राइकर्सलाई चार विकेटले पराजित गर्दै विजयी भयो । टस जितेर ब्याटिङ रोजेको शीतलनगरले ६ विकेटको क्षतिमा ९७ रनको योगफल बनायो ।

    images
    images
    images

    तर सो लक्ष्य ढेकावरका ब्याट्सम्यानहरूका लागि सहज बन्यो । ९८ रनको लक्ष्य पछ्याउँदै उत्रिएको ढेकावरले १९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ढेकावरका लालबहादुर मल्लाह बलिङ र ब्याटिङ दुबै क्षेत्रमा चम्किए । उनले ४ ओभरमा मात्र १४ रन खर्चेर विपक्षी ब्याट्सम्यानलाई दबाबमा राखे । त्यसपछि ब्याटिङमा ३ चौका प्रहार गर्दै १४ मूल्यवान् रन जोडे । उनको सर्वाङ्गीण प्रदर्शनले ढेकावरको जीत सुनिश्चित गर्‍यो र उनलाई म्यान अफ द म्याचको उपाधि दिलायो ।

    images
    images
    images

    दोस्रो खेलमा साविक विजेता पाकडी प्यान्थर्सले भवानीपुर रोयल्सलाई सहज पाँच विकेटले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको भवानीपुरले सुरुवातदेखि नै कमजोर प्रदर्शन गर्‍यो । टोली १८ दशमलव ३ ओभरमै अल आउट हुँदै ६८ रनमा समेटियो ।

    लघु लक्ष्य पछ्याउन उत्रिएको पाकडीका ब्याट्सम्यानहरूले कुनै दबाब महसुस गरेनन् । प्रकाश भण्डारीको उत्कृष्ट ब्याटिङले टोलीलाई सहज जितसम्म पुर्‍यायो । उनी एक्लैले ४० रनको योगदान दिँदै ब्याटिङ लाइन स्थिर राखे र बलिङमा पनि ३ विकेट टिपे । उनको प्रदर्शनले पाकडीको जीतलाई निर्णायक बनायो । खेलमा उनी म्यान अफ द म्याच घोषित भए ।

    असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए । 

    त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।

    प्रतियोगिता अन्तरगत शुक्रवार टटेरा डाईनामाईट र पाकडी प्यान्थर्स तथा भवानीपुर रोयल्स र शीतलनगर सुपर स्टाईकर्स भिड्ने छन । प्रतियोगिताको पहिलो खेल बिहान १० बजे र दोस्रो खेल दिउँसो १ बजे देवदह क्रिकेट यूनिटको खेल मैदानमा संचालन हुने आयोजक संस्था डि युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।