Logo

२०८३, आश्विन ९गते


images
images

देवदह प्रिमियर लिग

डिपिएल : क्वालिफाएर तथा एलिमिनेटर टिमको टुंगो लाग्यो

डिपिएल : क्वालिफाएर तथा एलिमिनेटर टिमको टुंगो लाग्यो

images
  • डिपिएल : क्वालिफाएर तथा एलिमिनेटर टिमको टुंगो लाग्यो
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन–२ अन्तर्गत क्वालिफाएर तथा एलिमिनेटर टिमको टुङ्गो लागेको छ । मंगलवार लिग चरणको अन्तिम खेल खैरेनी ग्लाडियटर्स र शीतलनगर सुपर स्ट्राईकर्स बिचको खेल सकिएसंगै क्वालिफाएर तथा एलिमिनेटर टिमको टुङ्गो लागेको हो ।

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत मंगलवारको खेलमा शीतलनगरलाई ३३ रनले पराजित गर्दै खैरेनीले फस्ट क्वालिफएर टिमको रुपमा आफुलाई प्रस्तुत गरेको छ । आजको खेलमा टस जितेर शीतलनगरले दिएको ब्याटिङ्गको निम्तोलाई स्वीकार गर्दै खैरेनीले २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनको योगफल तयार गर्यो । खैरेनीका लागि प्रेम भुर्तेलले ४० रन, राम चालिसेले २९ तथा महेश मल्लाहले २१ रनको योगदान गरे । शीतलनगरको लागि अशोक यादवले ४ तथा कप्तान विनोद क्षेत्री र अनुप राईले समान २/२ विकेट लिए ।

    images
    images
    images

    जवाफमा १३२ रनको लक्ष्य सहित मैदानमा उत्रिएको शीतलनगर १९.१ ओभर खेल्दै मात्र ९८ रनमा समेटिएपछि खेल खैरेनीको पोल्टामा पुगेको हो । शीतलनगरका लागि विनोद क्षेत्रीले २७, मञ्जित हरिजनले २० तथा अनुप राईले १७ रन जोड्नु बाहेर अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । शीतलनगरलाई सस्तैमा समेट्न खैरेनीका कप्तान कमल जैसीले ४, प्रेम भुर्तेल र अनिल यादवले २÷२ तथा किशोर यादवले १ विकेट लिए ।

    images
    images
    images
    points table new.jpg

    आजको जीतसंगै खैरेनीको भेट पहिलो क्वालिफायरमा पाकडी प्यान्थर्ससंग हुने भएको छ । त्यसैगरी एलिमिनेटरका लागि टटेरा डाईनामाइट र ढेकावर योद्धा विच प्रतिष्पर्धा हुने भएको छ । दुवै खेल भोलि बुधवार हुने आयोजक डि युनिटी क्लवका अध्यक्ष सचिन कमार श्रेष्ठले जानकारी दिए ।

    त्यसैगरी भोलिको पहिलो क्वालिफाएरमा विजेता टिम सिधै फाईनलमा प्रवेश गर्ने र पराजित टिमले एलिमिनेटर प्रतिष्पर्धाको विजेता टिमसँग बिहिवार दोस्रो क्वालिफाएरमा प्रतिष्पर्धा गर्ने खेल संयोजक गोपाल प्रसाद भण्डारीले बताए । डिपिएल दोस्रो संस्करणको फाईनल खेल पहिलो क्वालिफाएरको विजेता र दोस्रो क्वालिफाएरको विजेता टिम विच शुक्रवार हुने आयोजकले जनाएका छन् ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

    त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनी नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् ।

    प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्रिमियर लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।