देवदह । तेस्राे संस्करणको देवदह प्रिमियर लिग (डिपिएल)काे आइतबार सम्पन्न खेलमा भलुही राइजिङ विजयी भएकाे छ ।
सीता मेडिकल भवानीपुर राेयललाई ५ विकेटले पराजित गर्दै भलुही विजयी भएकाे हाे ।
टस जितेर ब्याटिङ राेजेकाे भवानीपुरले १४ दशमलव ३ ओभरमा अल आउट हुँदै ६९ रनकाे याेगफल तयार पारेकाे थियाे । ७० रनकाे लक्ष्य पछ्याएकाे भलुहीले १३ दशमलव ३ ओभर खेल्दै ५ विकेटकाे क्षतिमा लक्ष्य भेट्टाएकाे हाे । खेलकाे म्यान अफ द म्याच भलुहीका क्याप्टेन प्रेम भुर्तेल भए भने वेस्ट वलर भलुहीकै रिजल पाण्डे घाेषित भए ।
यस अघि भएकाे खेलमा विर्ता राइनाेज् विजयी भएकाे थियाे । शित्तलनगर सुपरस्टाइकर्सलाई ६ विकेटले पराजित गर्दै विर्ताले जित निकालेकाे हाे । १७ दशमलव २ ओभर खेलेकाे शित्तलनगरले अल आउट हुँदै ९९ रन बनाएकाे थियाे । १०० रनकाे लक्ष्य पाएकाे विर्ताले १३ ओभरमा ४ विकेट गुमाएर जित निकालेकाे हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology