Logo

२०८३, कार्तिक ९गते


images
images

भक्तपुरको दुर्गा भवानी मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

भक्तपुरको दुर्गा भवानी मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना

images
  • भक्तपुरको दुर्गा भवानी मन्दिरमा राष्ट्रपति पौडेलले गरे पूजाअर्चना
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर दुर्गा भवानीको पूजाअर्चना गरेका छन् । 

    images
    images
    images

    भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन तथा अवलोकन गरी पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । नवदुर्गा मन्दिर परिसरमा ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली देवीको पूजा गरिन्छ । 

    images
    images
    images

    सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । दसैँको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन रही आएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।