Logo

२०८३, श्रावण २७गते


images
images

बुटवलमा एकैदिन २९७ जनाले गरे रक्तदान

बुटवलमा एकैदिन २९७ जनाले गरे रक्तदान

images
  • बुटवलमा एकैदिन २९७ जनाले गरे रक्तदान
    images
    images

    बुटवल । बुटवलमा एकैदिन ठूलो संख्यामा रक्तदान गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको रक्तसञ्चार केन्द्रमा आयोजित कार्यक्रममा २९७ जनाले रक्तदान गरे ।

    images
    images
    images

    रूपन्देही व्यापार संघसँगको सहकार्यमा गुल्मेली सम्पर्क समाज रूपन्देह, नेपाल स्वयमंसेवी रक्तदाता समाज रुपन्देही लगाएतका संघसंस्थाको सहकार्यमा रक्तदान कार्यक्रम भएको हो ।

    images
    images
    images

    गुल्मेली सम्पर्क समाजले आफ्नो २२औं स्थापना दिवसको अवसरमा अस्पतालमा विरामीहरुलाई फलफुल वितरण सहित विभिन्न सामाजिक योगदानकर्ताहरुलाई सम्मान गरेको  जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, शृङ्गेश्वरधामका अध्यक्ष तथा सल्लाहकार ऋषि भण्डारी, सल्लाहकार टीकाराम घिमिरे, लोकनाथ उपाध्याय, छोरी शिक्षा कार्यक्रम अध्यक्ष ओमी पुन, ज्येष्ठ नागरिक मिलन केन्द्र अध्यक्ष यदुनाथ पाण्डे, पूजा समिति संयोजक नेत्रप्रसाद ज्ञवाली, सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली र प्रथम आजीवन सदस्य नन्दराम भुसाललाई सम्मान गरिएको  जनाइएको छ ।

    सम्मानित वक्ताहरूको तर्फबाट बोल्दै सल्लाहकार टीकाराम शर्मा घिमिरेले सामाजिक अभियानमार्फत समाजले निभाउँदै आएको भूमिकाको प्रशंसा गरे ।

    कार्यक्रममा रूपन्देही व्यापार संघका अध्यक्ष दीपकप्रसाद अधिकारी र सामाजिक कार्यकर्ता भगतसिं खड्का लगायतले बोलेका थिए  ।

    कार्यक्रममा वरिष्ठ सर्जन डा. कृष्ण खनाल, वासुदेव अर्याल, डिल्लीराज भट्टराई, मित्रलाल न्यौपाने, नन्दराम भण्डारी, केशवराज पोखरेल, खडानन्द भण्डारी, पारसमणि भण्डारी, गोविन्द अर्याल र सुनिता जिसी सल्लाहकारका रूपमा उपस्थित थिए ।

    समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता रहेको कार्यक्रमको संयोजन समाजका हेम थापाले गरेका थिए भने सचिव भोजेन्द्र खत्रीले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रक्तदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।