देवदह । रुपन्देहीको देवदह–८ विशालनगरमा बुधवार सम्पन्न रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । गोधुली बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले देवदहले नियमित रक्तदान नगरे बुटवललगायत आसपासका क्षेत्रमा रगतको अभाव हुने धारणा व्यक्त गरे । उनले नियमित रक्तदान गरी आफू स्वस्थ रहेको थाह पाउन रक्तदान आवश्यक रहेको उल्लेख गरे । 'रक्तदान गरेर पाइने प्रमाणपत्र आफू स्वस्थ भएको प्रमाण हो ।' उनले भने, ' अरुको जीवन बचाउन सहयोग गर्न पाउनु अर्को महान कार्य हो ।'
गोधुली साकोसको आयोजना तथा रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सोही अवसरमा टोल सफा गर्ने उद्देश्यले टोल विकास संस्था र आमा समूहलाई डस्टविन वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम रमेश चन्द्र गैरेको अध्यक्षता, व्यवस्थापक केशव अधिकारीको स्वागत र सचिव बाल्मीकि पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology