देवदह । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अन्त्यसम्म देवदह नगरपालिकाको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । नगरको आर्थिक प्रगति ११ प्रतिशत रहेको जनाइएको छ । नगरपालिकामा चालु आर्थिक वर्षमा निर्माण तथा वस्तु खरिद सम्बन्धि ठेक्काहरुको संख्या २६ रहेको र त्यसमा निर्माण तर्फको ठेक्काहरुको संख्या १९ र वस्तु खरिद तर्फको ठेक्का ७ वटा रहेको नगरपालिकाका इन्जिनियर राजकुमार यादवले बताए ।
कार्यक्रममा भौतिक प्रगति वारे जानकारी दिदै इन्जिनियर यादवले कुल योजना मध्ये एक सय ६३ वटा योजनाहरुको अन्तिम भुक्तानी समेत भएको र दर्ता भइ सम्झौता भएका योजना एक सय ६९ रहेको र जानकारी दिए ।
आईतवार नियमित पत्रकार भेटघाट कार्यक्रममा निर्माण खरिद तर्फको भौतिक र आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा अधिकृत रमेश गिरीले कुल चार सय ४८ वटा योजना मध्ये तीन सय ३२ वटा योजना सम्पन्न भएको र एक सय १९ वटा योजना सम्झौता हुन बाँकी रहेको जानकारी दिए ।
वडागत रुपमा हेर्दा वडा नं १ ले ३०.९४ प्रतिशत, वडा नं २ ले ५१.७३ प्रतिशत, वडा नं ३ ले ४०.४३ प्रतिशत, वडा नं ४ ले ३०.५७ प्रतिशत र वडा नं ५ ले ५६.०८ प्रतिशत वजेट रकम खर्च गरेका छन् ।
यसैगरी वडा नं ६ ले २८.७२, वडा नं ७ ले ४९.४२, वडा नं ८ ले ३९.८८, वडा नं. ९ ले १९.९८ र वडा नं १० ले सवैभन्दा कम १२.५४ प्रतिशत रकम खर्च गरेका छन् । प्रतिशतका हिसावले हेर्दा वडा नं ११ ले ५५.६९ प्रतिशत र वडा नं १२ ले ५१.७३ प्रतिशत वजेट रकम खर्च गरेको लेखा अधिकृत निरज पौडेलले जानकारी दिए ।
एक अर्व २५ करोड २३ लाख ६५ हजार पाँच सय रुपैंया कुल बजेट विनियोजन गरेको देवदह नगरपालिकाले चालु तर्फ ४७ प्रतिशत भन्दा बढि अर्थात २७ करोड ७२ लाख ६२ हजार रुपैंया र पँुजिगत तर्फ जम्मा १० प्रतिशतको हाराहारीमा रकम खर्च गरेको छ । यसरी औषतमा हेर्दा दोश्रो चौमासिकसम्म २७.९८ प्रतिशत बजेट रकम खर्च भएको छ ।
शाखागत रुपमा कुल विनियोजित बजेट मध्ये शिक्षा शाखाले ५७.१३ प्रतिशत रकम खर्च गर्दा स्वास्थ्यले ३८.६७ प्रतिशत, कृषिमा १९.०७ प्रतिशत र पशुपन्छि विकासमा २१.२८ प्रतिशत रकम खर्च भएको छ । यस्तै भुमि तर्पm १४.५३ प्रतिशत रकम खर्च हुँदा सामाजिक समानता तथा सामाजिक समोशीकरण शिर्षकमा २९.७ प्रतिशत रकम खर्च गरिएको छ । शाखागत खर्च अन्तर्गत सवैभन्दा कम पुर्वाधार–यातायात शिर्षकमा रहेको पाइएको छ ।
यसै महिनाबाट भएका कार्य प्रगतिलाई मासिक रुपमा सार्वजनिक गर्ने जनाएको नगरपालिकाले योजनाको सम्झौता र कार्यान्वयनलाइ प्रभावकारी बनाउने प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । ‘कार्यान्वयनमा रहेका गतिविधि नियमित रुपमा मिडियामा आउन थालेपछि बाँकी रहेका योजनाका कामहरु पनि छिटो सम्पन्न हुनेमा हामी विस्वस्त छौं ।’ प्रमुख प्रशासकिय अधिकृत सापकोटाले भने, ‘मिडियाले पनि विकास निर्माण र नगरपालिकाका नियमित गतिविधिहरुलाई सार्वजनिक गर्दै सेवाग्राही समक्ष पु¥याइदिनुप¥यो ।’
सापकोटाले यसवर्ष आन्तरिक राजश्वको दर निकै कम भएको बताउँदै दोस्रो चौमासिकसम्म आईपुग्दा राजश्व दर घाटामा रहेको जानकारी दिए । यसबर्ष नदिजन्य पदार्थको ठेक्का प्रकृया सुरु भएकाले त्यसले राजश्व थप बृद्धि भएपनि हालसम्म १७.२५ प्रतिशत राजश्व घाटामा रहेको उनले बताए ।
कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुले उठान गरेका प्रश्नहरुको जवाफ दिदै कार्यवाहक नगर प्रमुख विद्यालक्ष्मी गुरुङ्गले आम नागरिकको गुनासो मेटाउने दायित्व नगरपालिकाको भएको भन्दै त्यसतर्फ लाग्न विषयगत शाखाहरुलाई निर्देशन दिइन । उनले नगरपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन समेत सुझाव दिइन् ।
कार्यक्रममा २०७३ साल यता नगरपालिकाको वेरुजु २० करोड ५४ लाख बढि रहेको बताउँदै प्रत्यक वर्ष थपिदै आएको बेरुजु रकम यसबर्ष केहि घट्ने जानकारी गराइएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology