Logo

२०८३, श्रावण २७गते


images
images

आधारभुत तह परिक्षा  : देवदहका करिव तिन हजार विद्यार्थी सहभागि हुँदै

आधारभुत तह परिक्षा  : देवदहका करिव तिन हजार विद्यार्थी सहभागि हुँदै

images
  • आधारभुत तह परिक्षा  : देवदहका करिव तिन हजार विद्यार्थी सहभागि हुँदै
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिकामा रहेका विद्यालयको आधारभूत तह कक्षा ५ र ८ को परिक्षामा यस बर्ष दुई हजार ९६६ जना विद्यार्थी सहभागि हुनेभएका छन् । जसमा कक्षा ५ तर्फ छात्रा ६८५ जना र छात्र ७९५ गरि ४२ वटा विद्यालयबाट कुल एक हजार ४८० जना विद्यार्थी सहभागि हुनेछन् । यरैगरी कक्षा ८ तर्फ छात्रा ७४४ र छात्र ७४२ गरि ३१ वटा विद्यालयबाट कुल एक हजार ४८६ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउने नगर शिक्षा अधिकृत पर्शुराम ढकालले जानकारी दिए । 

    images
    images
    images

    परिक्षाको सम्पूर्ण तैयारी पुरा भएको जानकारी दिदै ढकालले व्यवस्थित एवम् मर्यादित तवरले परिक्षा संचालनको लागि कक्षा ८ तर्फ ६ वटा केन्द्र मार्फत परिक्षा दिने व्यवस्था मिलाईएको बताए । ‘शैक्षिक सत्र २०८१ को कक्षा ५ को परीक्षा होम सेन्टरमा नै हुने व्यवस्था भएता पनि कक्षा ८ को परीक्षाको लागि जम्मा ६ वटा परीक्षा केन्द्र र एउटा उपकेन्द्र निर्धारण गरिएको छ ।’ अघिकृत ढकालले भने, ‘सवै केन्द्रमा एक जना केन्द्राध्यक्ष, विद्यार्थी संख्याको आधारमा २ जनासम्म सहायक केन्द्राध्यक्ष, १५ जना सम्म निरिक्षक, २ जना सम्म कार्यालय सहयोगि र नगर स्वास्थ्य शाखासंगको समन्वयमा हरेक केन्द्रमा हेथ्ल डेस्क स्थापना गरिएको छ ।’

    images
    images
    images

     

    images
    images
    images

    देवदहमा कुल ४३ वटा शैक्षिक संस्था रहेपनि कक्षा ६,७ र ८ सञ्चालन गरेको कामधेनु सँस्कृत गुरुकुल देवदह १० ले कक्षा ५ को परिक्षामा सहभागिता जनाउने छैन । उक्त विद्यालयलाई न्यू नमुना ईङ्गलिस बोर्डिङ्ग स्कूल भलुही केन्द्र अन्तर्गतको उप केन्द्रमा समावेस गरिएको छ । उक्त केन्द्रमा ७ वटा विद्यालय समावेश छन् । जसमा २२७ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाउनेछन् ।

    त्यसैगरि केरवानी मावि केन्द्रमा ५ वटा विद्यालयबाट ३२४ जना, देवदह बुद्ध पव्लिक ईङ्गलिस बोर्डिङ्ग स्कुल केन्द्रमा ५ वटा विद्यालयका २३७ जना, युगज्योती मावि खैरेनी केन्द्रमा २ वटा विद्यालयबाट२१९ जना, भविष्य निर्माण मावि ढेकावर केन्द्रमा ६ वटा विद्यालयबाट २२५ जना र प्रगति मावि सिक्टहन केन्द्रमा ४ वटा विद्यालयका २५७ जना विद्यार्थीहरु परिक्षामा सहभागि हुनेछन् । नगरले केन्द्र तोकिएको विद्यालयका विद्यार्थीले फरक केन्द्रमा गएर परिक्षा दिनुपर्ने व्यवस्था मिलाएको छ । 

    parshumram dhakal.jpg

    परिक्षाको लागि कक्षा ५ अन्गर्ततका विद्यालयमा फाल्गुन २३ गते साँझसम्म प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याइसक्ने र कक्षा ८ को परिक्षा केन्द्रमा परिक्षा संचालन हुने दिन आधा घण्टा अघि मात्र प्रश्नपत्र र उत्तरपुुस्तिका पु¥याउने व्यवस्था मिलाईएको छ । दुवै कक्षाका परिक्षार्थीको लागि नगरले नै प्रश्नपत्र तयार गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवम् परिक्षा सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद सापकोटाले बताए । ‘कम्प्युटर विषय बाहेकको पश्नपत्र नगरले निर्माण गरेको छ । उत्तरपुस्तिका चेक गर्नका लागि कक्षा ५ का सबै विद्यार्थीको विद्यालय फरक पारेर व्यवस्था मिलाइएको र कक्षा ८ को हकमा नगरपालिकामै उत्तरपुस्तिका चेक गरिनेछ ।’ उनले भन, ‘ त्यसको लागि परिक्षा सकिएपछि उत्तरपुस्तिका सोहि दिन नगरपालिका ल्याइने छ ।’

    फाल्गुन २५ गते आईतवारबाट सुरु भई चैत्र ५ गते सकिने परिक्षामा केन्द्र तोकिएको विद्यालयका प्रअ केन्द्राध्यक्ष रहने व्यवस्था मिलाइएको छ । परीक्षा अनुगमनको लागि जनप्रतिनिधि, शिक्षा समिति, परीक्षा समिति तथा सञ्चारकर्मीहरु सम्मिलित समुह बनाइएको संयोजक सापकोटाले जानकारी दिए । 

    नेपालको संविधानले विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा हुने व्यवस्था गरेको छ । सोहि बमोजिम स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा २(ज) मा आधारभूत तहको परीक्षा व्यवस्थापन र सञ्चालनको दायित्व स्थानीय तहको हुने व्यवस्था उल्लिेखित छ । देवदह नगरपालिकाको नगर शिक्षा ऐनमा आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति व्यवस्था गरिएको छ । सोहि बमोजिम नगरपालिकाले आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७४ जारी गरी विगत देखि नै कक्षा ८ को परीक्षा सञ्चालन गर्दै आएको छ । 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।