देवदह । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र देवदह नगर कमिटीले ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ । रगत अभावका कारण कोहि पनि नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले देवदह ७ मिलनचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र देवदहले जनाएको छ ।
रक्तदान सहित जनयुद्ध दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य, एवम् माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज सोनिया यादवले हिजो देशका लागि बलिदान दिन पछि नहटेको माओवादी अहिले जनताको लागि रक्तदानमा सरिक हुनु प्रसंशा योग्य रहेको बताईन् ।
‘हिजो जनयुद्धमा हजारौंले शहिद भएर रगत बगाए, आज रगत नपाएर छट्पटाउनेहरुका लागि रगद दान गरिरहेका छौं ।’ उनले भनिन्, ‘यो सामाजिक उत्तरदायित्वलाई सँधैभरी बहन गर्नुपर्छ ।’
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष केशव भट्टराई, नेकपा माओवादी केन्द्र सुनवल नगर कमिटीका अध्यक्ष मोहन कार्की, माओवादी केन्द्र तिलोत्तमाका अध्यक्ष बेल प्रसाद शर्मा, नेकपा क्रान्तिकारी माओवादीका देवदह नगर अध्यक्ष भिमलाल काफ्ले, नेकपा एकीकृत समाजवादी देवदहका अध्यक्ष डिल्लीराम सापकोटा, सारथी कृषि सहकारीका अध्यक्ष सौरभ चापागाईं लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
माओवादी केन्द्र देवदहका नगर अध्यक्ष दिपक न्यौपानेको अध्यक्षता, उपाध्यक्ष केशब पुनको स्वागत र सचीव होम बहादुर विकको संचालनमा सम्पन्न भएको रक्तदान कार्यक्रम नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको समन्वयमा भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology