देवदह । रूपन्देहीको देवदह नगरपालिकामा वडा अध्यक्षले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन । लामो समयसम्म नगरपालिकाले कार्यालय सहयोगी नपठाएको भन्दै वडा नं. ११ का वडा अध्यक्ष दुधनाथ यादवले शुक्रबार आफनै कार्यालयमा ताला लगाएका हुन ।
सेतोमसीसंग कुरा गर्दै वडा अध्यक्ष यादवले दुई महिनासम्म नगरपालिकाले कार्यालय सहयोगी नपठाएको बताए । "दुई महिना अघि वडामा कार्यरत कर्मचारी सेवा निवृत्त भएपछि कार्यालय सहयोगी पठाइदिन निरन्तर अनुरोध गर्दासमेत कर्मचारी पठाइएन ।" वडा अध्यक्ष यादवले भने, "ज्यालादारीमा केही समयअघि घोडाहाका एक जना व्यक्ति पठाएपनि उनी समयमा कार्यालय आउन नसकेपछि काम गर्न सकेनन ।"
वडा अध्यक्ष यादवले वडा कार्यालयमा सहयोगीको अभावले सरसफाई लगायतको काम हुन नसकेकोले कर्मचारी व्यवस्था नहुँदासम्म वडा कार्यालयले दिने सेवा दिन नसक्ने बताएका छन ।
वडामा देखिएको समस्या के हो ? भन्ने जिज्ञासामा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढाइएको बताए । "सरकारी कार्यालय हो, भन्ने वित्तिकै कर्मचारी दिन सकिएन, नगरपालिकाले विज्ञापन खोलेको छ ।" प्रमुख खरेलले भने, "प्रक्रिया पूर्याएर कर्मचारी नियुक्त गरि वडामा पठाइन्छ ।"
तत्कालको लागि ज्यालादारी कर्मचारी पठाइएको भएपनि वडा अध्यक्षले उनलाई हाजिर गराउँन नमान्दा समस्या देखिएको उनको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology